बागलुङ जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो । बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ । पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ । पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइनफिबरलगायतका खोप लगाइने