रातोपाटी ब्रिफिङ : हमाल बाहिरिए पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने एमालेको माग

आज मिति २०७८ साल असोज महिनाको २४ गते आइतबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ–१‍. विवादपछि बाहिरिए गजेन्द्रनवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई