देशैभर टाइफाइडविरुद्धको खोप, तस्वीरमा

काठमाडौं : चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप लगाउन सुरु गरिएको छ।यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुनेछन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान शुरु गरेको बताए।विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३

सम्बन्धित सामग्री

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मनाङ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदै छ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदै छ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम […]

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

बैतडी/गुल्मी । यही चैत २५ गतेदेखि देशैभर टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । जसमा बैतडीका ७८ हजार बालबालिकालाई सो खोप लगाइनेछ । जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरी ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालयका अनुसार अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । अभियान यही चैत्र २५ गते शुरु […]

चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप लगाइने

सरकारले १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अन्य प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।