सोलुखुम्बु : सगरमाथाको जिल्ला सोलुखुम्बु, हाँसिरहेको कयौँ हिमालको काखमा बसेका नागरिकको भित्री दुःख र पीडा अनेकौँ छन्। जिल्ला बाहिरकालाई लाग्न सक्छ पर्यटकीय जिल्लाका सबै नागरिक हरेक कोणबाट सम्पन्न छन्। तर, वास्तविकता अलिक फरक छ।सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी शारदा भुजेलको साना–साना छोराछोरी, सबै परिवारको सहारा पति गाउँका युवकको कुटाइबाट अहिले ओछ्यानमा छन्।'कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचार गराउँदा अहिलेसम्म १० लाख बढी खर्च भइसक्यो।' शारदाले गहबाट आँसु झार्दै भनिन्,