लुम्बिनीको सामर्थ्य: प्रदेशमा राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्र सुध्रिन्छ - कैलाश सिरोहिया

कान्तिपुर पब्लिकेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रदेशमा राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्र सुध्रिने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर लुम्बिनीको सामर्थ्य' विषयक अर्थ सामाजिक बहसलाई शनिबार सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।