राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरका किसानमा पाँच वर्षअघि कुनै उत्साह थिएन। पुरानै प्रविधि, मिहिनत बढी तर उत्पादन कम। यस्तो अवस्थामा नयाँ पुस्ताका युवामा कृषि पेसाप्रति आकर्षण थिएन। निर्वाहमुखी कृषि मात्रै चलिरहेको थियो।...
सिन्धुली जिल्लाका किसान पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समयमा गाउँघरमा कृषि श्रमिकको अभाव भई खेती लगाउन कठिन हुँदै गएपछि किसानहरू प्रविधिमैत्री बन्दै गएका हुन् ।
शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गर्नुभएको छ । शिखर नगरपालिकाको कृषि शाखाले उहाँको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो । त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।
तातोपानी गाउँपालिका–७ का शेरबहादुर रावतले थ्रेसर मेसिनको प्रयोगले गहुँ चुट्न थालेको ३ वर्ष भइसक्यो । उनले यसअघि जौ र गहुँ चुट्न लोरीको प्रयोग गर्दै आएका थिए ।‘पहिले दिनभरिमा गर्ने काम अहिले एकै घण्टामा सकिन्छ,’ उनले भने, ‘छिटो पनि हुने र थोरै मानिस भए पनि पुग्ने भएकाले थ्रेसर मेसिन छिमेकीहरूले पनि प्रयोग गर्न थालेका छन् ।’
चितवन । चितवनमा पछिल्ला वर्षहरूमा धान रोपाइँमा प्रविधिको प्रयोग बढ्दै गएको छ । व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् ।
पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग गरेर सात बिगाहा क्षेत्रफलमा धान रोप्दै छन् । कम लागतमा रोपाइँ गर्न सकिने भएपछि प्रविधिको प्रयोग गरेको उनले बताए ।
धान रोप्न श्रमिक आवश्यक भएको समयमा नपाइने भएकाले प्रविधिको प्रयोग गरेर धान रोप्ने गरेको उनको भनाइ छ । ‘एक दिनमा पाँच बिगाहा क्षेत्रफलसम्म धान रोप्न सकिने र श्रमिकको अभाव भयो भन्नुनपर्ने भएकाले यो प्रविधिबाट म सन्तुष्ट छु,’ उनले भने ।
बछौली साना किसान सहकारीका अध्यक्ष नारायण महतो अहिले १८ बिगाह क्षेत्रफलमा प्रविधिको प्रयोग गरी धान रोप्ने तयारीमा छन् । पानीको मात्रा मिलाउन सकेमा खेताला प्रयोग गरेर रोपिने धानभन्दा मेसिनले रोपेको धानमा धेरै फाइदा हुने महतोले बताए । उत्पादन राम्रो हुने र खर्च पनि कम लाग्ने भएकाले धान रोप्ने मेशिनका प्रयोग गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ । धानको बीउ आधा कम लाग्ने, रोप्न पनि ३५ प्रतिशतले कम खर्च लाग्ने उनले बताए ।
कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाका कृषकले धान रोप्न ट्र्याक्टर, रोटाभेटर, कल्टिभेटर प्रयोग गर्दै आएका छन् । यस्तै नयाँ प्रविधिमा आधारित एमबिप्लो, ल्याण्ड लेजर लेभर, हिलोमा धान छर्ने ड्रम सिडर, धुलोमा धान छर्ने सिड कम फर्टिलाइजर, नर्सरी बिरुवा राख्ने मेसिन, धान रोप्ने मेसिन, मल छर्ने मेसिन, झार गोड्ने मेसिन, धान काट्ने रिपर, कम्वाइन हार्भेष्टर, पराल वेर्ने मेसिनलगायतको प्रयोगमा कृषकहरू आकर्षित बन्दै गएको कार्यालयले बताएको छ ।
कार्यालयका प्रमुख राजन ढकालका अनुसार गतवर्ष प्रविधिको प्रयोग गरेर धान रोप्नेको संख्या कम भए पनि यस वर्ष बढेको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानमा ३० बिगाहा क्षेत्रफलमा प्रविधिको प्रयोग गरेर धान रोपिने उनले जानकारी दिए ।
ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पाँच वर्षको प्रयत्नपछि कृषकलाई प्रविधिमैत्री बनाउन लागिएको हो । परम्परागत शैलीमा धान रोपाइँ गर्दा कृषकको लागतभन्दा उत्पादन कम आउने गरेको उनले बताए । प्रविधिको प्रयोग गरी धान रोप्न धानको बीउ १२ दिनदेखि २३ दिनभित्रको हुनुपर्नेछ । धान रोप्ने मेसिनको प्रयोग गरी धान रोप्न कृषकप्रति जागरण बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिए ।
परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रमा राज्यको ध्यान नपुगेको भए पनि कृषकहरू प्रविधिमैत्री बन्दै गएको बताए । परियोजनाको धान जोन क्षेत्रफल तीन हजार हेक्टर भए पनि अन्य क्षेत्रका कृषक पनि प्रविधिप्रति जागरुक बन्दै गएको उनको भनाइ छ ।
जिल्लामा अहिले धान रोप्ने मेसिन ९ ओटा छन् । थ्री ह्वीलर्स राइडिङ मेसिन पाँचओटा र फोर हुइलर राइडिङ मेसिन चारओटा छन् । यी मेशिनले दिनमा पाँच बिगाहा क्षेत्रफलसम्म धान रोप्न सक्ने अनुमान गरिएको छ ।
जिल्लामा वर्षे धान २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा लगाइँदै आइएको छ । यस वर्ष चाँडो मनसुन शुरू भएकाले अहिले जिल्लामा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार माडी क्षेत्रमा ८५ प्रतिशत र पूर्वी चितवनमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने भरतपुर महानगरमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । रासस