तोडियो भारत सरकारको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो नेपाल

नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन