काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्धन गर्न सकारात्मक रहेको बताएका छन्।शुक्रवार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हकहित संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजस्वमा योगदान दिइरहेको बताए।उनले भने, ‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भई देशभर छरिएर रहेका व्यवसायीहरूको छाता संगठनको रूपमा रहे