२ चैत, दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्। जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो […]