फोहोर नउठ्दा वाग्मती लगायतका नदी प्रदूषित बन्ने खतरा

काठमाडौँ उपत्यकाको फोहोर नउठेपछि वाग्मतीलगायतका नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहोर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् ।वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्