२६ असोज, काठमाडौं । नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ । सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमरिकाको न्यूयोर्कमा गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरिएको छ । […]