पूर्वरथी बालानन्द शर्मा सीसीएमसीको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं।सरकारले कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए।यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीमा जेठ ७ गते नयाँ अध्यादेश जारी भएपछि कोभिड–१९ निर्देशक समिति मातहत आएको थियो।जसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन्।

सम्बन्धित सामग्री

सीसीएमसीको सिइओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी निर्देशकमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको हो ।सरकारले यसै साता जारी गरेको स्वास्थ्य आपतकालसम्बन्धी अध्यादेशले सीसीएमसीको संरचनामा परिवर्तन गरेर सीसीओ नियुक्तिको प्रावधान थपेको थियो । अध्यादेशको सोही प्रावधान अन्तरगत शर्मालाई सीईओ बनाइएको हो ।यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । अब