नेपाल एयरलाइन्समा आलेको दबदबाः २ सञ्चालक हटाईए, महाप्रवन्धक हटाउने प्रस्ताव क्याबिनेटमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका २ जना सञ्चालकलाई हटाएका छन् । सञ्चालकहरु  फुरगेल्जे शेर्पा र ईश्वरी पौडेललाई मन्त्री आलेले हटाएका हुन् । अब अर्का सञ्चालकसमेत रहेका महाप्रवन्धक डिमप्रकाश पौडेल निशानामा छन् । उनीहरुलाई कारबाही गरेर हटाउने तयारीका लागि मन्त्री आलेले प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन शाखाका उपसचिव राजेश उप्रेती र कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा सम्मिलित समिति नै बनाएका थिए ।यसअघि मन्त्री आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महाप्रबन्धक पौडेलसहित सञ्चालकहरु शेर्पा र पौडेललाई राजीनामा दिन निकै दबाब दिएका थिए । तर, उनीहरु कसैले पनि राजीनामा दिएनन् । त्यसपछि कारबाही गरेर हटाउने गरी मन्त्री आले र अध्यक्ष अधिकारी लागे ।यसअघिःमहाप्रवन्धक डिमप्रकाशसहित २ सञ्चालकलाई हटाउँदै मन्त्री आले, उपाय खोज्न बनाए समितिअधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएको ५ महिना बितिसक्दा पनि अहिलेसम्म एक पटक पूर्ण बैठक बस्न सकेको छैन । बैठकका लागि सूचना पठाएर सञ्चालकहरुलाई बोलाउने तर, भित्र प्रवेश गर्ने बेलामा कर्मचारीलाई अघि सारेर मूल गेटमै रोक्ने काम अध्यक्ष अधिकारीले गर्दै आएका छन् ।तर, अहिले आएर मन्त्री र कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीको कुरा नसुनी आफूखुशी सञ्चालक समिति हेरफेर गर्न लागेको भन्दै विरोध सुरु भएको छ । कर्मचारीहरुले निगमलाई कम्पनी मोडलमा लैजानुपर्छ भन्ने मस्यौदाका मुख्य मस्यौदाकार किशोर प्रधानलाई चाहिँ राखेर अरु २ जना शेर्पा र पौडेललाई मात्रै हटाउने निर्णय स्वार्थ केन्द्रित भएको बताउन थालेका छन् ।यसअघिःनिगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्षकर्मचारी युनियनभित्र मस्यौदाकार प्रधानलाई पनि हटाउनुपर्ने आवाज उठ्न थालेको छ ।महाप्रवन्धक पनि हटाइँदैपर्यटनमन्त्री आले र कार्यकारी अध्यक्षले अब महाप्रबन्धक एवं सञ्चालक समिति सदस्य डिमप्रकाश पौडेललाई जसरी पनि हटाउने गरी काम थालेका छन् । मन्त्रिपरिषदबाट महाप्रवन्धकमा नियुक्त भएका पौडेललाई मन्त्री स्तरीय निर्णयबाट हटाउन नमिल्ने भएकाले मन्त्री आलेले मन्त्रिपरिषदबाटै निर्णय गरेर हटाउने गृहकार्य गरेका छन् ।यो पनिः७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठकहटाउने प्रक्रिया अन्तर्गत नै पर्यटन मन्त्रालयले पौडेललाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ । आज बिहिबार बस्ने मन्त्रिपरिषदको बैठकमा महाप्रबन्धक पौडेललाई हटाउने प्रस्ताव पर्यटनमन्त्री आलेले लैजाने तयारी गरेको बुझिएको छ । 

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

तीन महिनाभित्र वित्तीय रिपोर्ट सार्वजनिक गर्न सहकारीहरुलाई सहकारी विभागले निर्देशन दिएको छ। प्रसारणलाइन प्रयोगका लागि भारतलाई मनाउने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकले निर्णय गरेको छ। रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले गुनासो गरे। लाभांशको विशेष प्रस्ताव पारित गर्न पुनर्बीमा कम्पनीले भदौ ३० गते साधारणसभा बोलायो। तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने भएको छ।

माधब–झलनाथले बनाए यौनहिंसा आरोपितलाई नेपाल एयरलाइन्सको अध्यक्ष

सरकारले यौन दुराचारमा मुछिएर निलम्बित भएका निगमका कर्मचारी युवराज अधिकारीलाई नै नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले महाप्रबन्धक डिम प्रकाश पौडेलको कार्यकारी अधिकार खोसेर अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।    निगमको अर्थ विभागको निर्देशक रहँदा उनले विभाग मातहतका कर्मचारीलाई यौन हिंसा गरेको आरोप लागेको थियो ।के थियो उजुरीमा ?महिला कर्मचारीहरुले महिला आयोग र निगमकै तत्कालिन महाप्रवन्धक सुगतरत्न कंशाकार समक्षसमेत निवेदन दिएका थिए । उजुरीमा महिला कर्मचारीलाई कार्यालय समयमा एकान्त कोठामा बोलाउने, कति राम्री भन्ने, शरीरको संवेदनशील अंगहरुमा गलत नियतले हेर्ने र छुन खोज्ने, यौनिक हिंसाजन्य कुरा गर्ने र यौनिक क्रियाकलाप गर्न खोज्ने उल्लेख गरेका थिए ।‘विदेश घुम्न जाउँ, मसँग रमाइलो गरौं, मोज गर्नुपर्छ, छोराछोरी तथा श्रीमान नलिइकन हिँड, तिमी बच्चा जन्माइरहने होला, यसले गर्दा तिमी पछाडी पर्यौ भन्दै मानसिक यातना दिएको र हाम्रो आत्मसम्मानमा गम्भीर चोट पुगेको साथै कार्यस्थलमा सहज, सुरक्षित, स्वस्थ, सम्मानपूर्वक तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारको गम्भीर उल्लंघन गरेकाले निज युवराज अधिकारीलाई तुरुन्त पक्राउ गरी कारवाही गरिपाउँ’ उजुरीमा भनिएको थियो । मिलापत्रमहिला कर्मचारीहरुले उजुरी दिएपछि निगमका तत्कालीन महाप्रबन्ध कंशाकारले यस विषयमा दुबै पक्षलाई बोलाएर छलफल गरेका थिए । महाप्रवन्धकसँगको छलफलमा उनले माफी माग्दै आगामी दिनमा यस्ता हर्कत नगर्ने प्रतिवद्धता जनाएका थिए ।उनले गल्ती स्वीकार गरेर माफी नै मागेपछि र अब आइन्दा गल्ती नदोहोर्याउने बचनवद्धता गरेपछि दुबै पक्षबीच महाप्रवन्धक कंशाकारको रोहबरमा मिलापत्र गराईएको थियो।झलनाथको दबाबमा अध्यक्षकार्तिक ८ गते सोमबारको क्याबिनेटले उनै यौनदुराचारी अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष बनाएको छ । यसका लागि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले दबाब दिएको पाईएको छ।झलनाथको दबाबमा पर्यटनमन्त्री प्रेम आलेले मन्त्रिपरिषदमा लगेको प्रस्ताव मन्त्रिपरिषदले सदर गर्दै यौनदुराचारीको आरोप लागेको मात्रै नभई गल्ती स्वीकार गरेर माफी मागेका युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाईएको हो।यसअघि पर्यटन मन्त्रालय आफ्नो पार्टीले पाउने पक्का भएपछि यस मन्त्रालय मातहतका निकायमा नियुक्ति नगर्न भन्दै नेकपा एसका अध्यक्ष माधब नेपालले निगममा अध्यक्ष नियुक्त गर्न दिएका थिएनन् । जसका कारण निगमले अहिलेसम्म बजेट नै ल्याउन सकेको छैन ।