यी पाँच नेता, जो बागमतीमा मुख्यमन्त्रीको कुर्सी ताक्दै छन्

हेटौंडा : आगामी मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ।प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ  गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ४ नेता देखिएका छन्। कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य