मोतीराम तिमल्सिना, काभ्रे भूकम्पको पुनर्निर्माणमा सरकारी निकायबीचको समन्वय अभाव र एकद्वार नीति नहुँदा उल्लेखित परिणाम प्राप्त हुन नसकेको सरोकारवाला निकायले निष्कर्ष निकालेका छन्। जवाफदेहिता कम, अधिकार केन्द्रमा, गुनासो र समस्या गाउँमा भएकाले पुनर्निमाणर््ाको कार्य हुन नसकेको हो। पूर्वसांसद मञ्च (संसद्को परामर्शदातृ अंग) को आयोजनामा भूकम्प प्रभावित जिल्लामा भइरहेको पुनर्निर्माणको स्थलगत अध्ययन अवलोकन विषयक कार्यक्रममा बोल्दै …