डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।चार हजार ७ सय ७३ मत गन्दा देउवाले २२ सय ८० मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले १२ सय ३० पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ८ सय १० मत ल्याएका छन्। ३ सय ९ मत बदर भएको छ।