एनआरएन विवादः वाईसिएल भर्सेस युवा संघ, आरके शर्मा समर्थकको भाँचियो दाँत

काठमाडौं, १४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय बालुवाटारमा बद्री केसी र आरके शर्मा समर्थकबीच हात हालाहाल भएको छ । आज (मंगलबार) भएको उक्त घटनामा बेल्जियम निवासी एनआरएनए अभियन्ता ओम शर्माको दाँत भाँचिएको छ । आरके शर्माको टिमले एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् । […]