भारतीय मूलका हिन्दू युवा बेलायतको प्रधानमन्त्री बन्दा नेपाली समुदाय उत्साहित

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेसँगै बेलायतस्थित नेपाली समूदाय उत्साहित र आशावादी देखिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार बिहान देशको प्रधानमन्त्री नियुक्त गरेसँगै सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू र दुई शताव्दीयताकै कान्छो प्रधानमन्त्री बन्न सफल भएका थिए ।  सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चुनिएर सुनक प्रधानमन्त्री बनेपछि विशेषगरी स्थानीय राजनीतिमा संलग्न नेपालीहरु निकै उत्साहित र आशावादी बनेका हुन् ।  ‘सुनकलाई नेपाली र गो