अस्ट्रेलियाको तीव्र गतिका बलर मिचेल स्टार्क एक दिवसीय क्रिकेटमा सबैभन्दा चाँडो २ सय विकेट लिने खेलाडी बनेका छन् । उनले पाकिस्तानका अफ स्पिनर सक्लेन मुस्तानले २३ वर्ष अगाडि बनाएको कीर्तिमान भंग गर्न सफल भएका हुन् ।शनिबार आफ्नो १०२ औँ एक दिवसीय खेलमा स्टार्कले जिम्बाव्वेका रायन बर्ललाई आउट गर्दै आफ्नो २ सयौँ विकेट पुरा गरेका थिए । पाकिस्तानका महान् स्पीनरले १०४ औँ खेलमा सो उपलब्धि हासिल गरेका थिए ।अस्ट्रेलियाका बलरहरूमा ब्रेट लीले ११२ खेल, सेन वार्नले १२५, मिचेल जोनसनले १२९ तथा ग्लेन म्याकग्राले १