एमालेको प्रत्यक्षतर्फ टिकट पक्का गरेका यी नेताहरु

काठमाडौं, २७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रभावशाली नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्ने निश्चित भएको छ । उनीहरु एकल सिफारिशमा परेबाट उम्मेदवार बन्ने निश्चित भएको हो । उम्मेदवार बन्ने निश्चित भएकाहरुमा अध्यक्ष केपी शर्मा ओली झापा-५, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५, उपाध्यक्षहरु सुवास नेम्वाङ इलाम-२, विष्णु पौडेल रुपन्देही-२, प्रभावशाली नेता डा. भीम रावल […]

सम्बन्धित सामग्री

एमालेमा टिकट वितरण : फरक मत राख्नेसँग ओलीको प्रतिशोध

अध्यक्ष ओलीले टिकट वितरण अघि १० बुँदे पक्षधर नेताहरुसँग राखेको ‘ओपनसेक्रेट’ शर्त भने विगतका गल्तीप्रति लिखित क्षमायाचना थियो । तर यसरी माफी नमाग्ने नेताहरुलाई ओलीले टिकट नदिने निर्णय सुनाएका छन् । कतिसम्म भने ओलीसँग वैचारिक र गुटगत फरक मत राख्ने पृष्ठभूमिकै नेताहरु पनि टिकट पाउनबाट बञ्चित भए ।

गठबन्धनभित्र भागबन्डा नमिल्दा एमालेको टिकट वितरणमा ढिलाइ

१७ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनभित्र सिटको भागबन्डामा सहमति नजुट्दा नेकपा एमालेको टिकट वितरणमा ढिलाइ भएको छ । गएको बिहीबार बसेको सचिवालय बैठकमै उम्मेदवारबारे मोटामोटी सहमति भए पनि एमालेले टिकट वितरणबारे अन्तिम निर्णय गरेको छैन । भागबन्डा गर्दा टिकट नपाउने सत्तारुढ गठबन्धनका असन्तुष्ट नेता तान्ने रणनीति लिएकाले एमालेमा टिकट वितरणमा ढिलाइ भएको नेताहरु बताउँछन् । […]

एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेद्वारलाई टिकट वितरण दशैंको टीकापछि मात्रै गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका […]

टिकट हात पार्ने द्विवेदीको दाउ : पाए कांग्रेसबाट, नपाए एमालेबाट

वीरगंज : दसैँ घरघरमा आइसकेको छ। तर नेताहरु भने यतिबेला प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भिड्न आफूले टिकट पाउनैपर्ने अडानका साथ काठमाडौंमा शीर्ष नेताहरुको घर पुगेर लबिइङ गरिरहेका छन्। मंसिर ४ मा हुने चुनावका लागि निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फ मनोनयनको मिति तोकेको छ। दलहरुले अहिलेसम्म प्रत्यक्षतर्फको उम्मेदवारको…

काँग्रेसमा विद्रोहको धम्की कि टिकट पाउन बार्गेनिङ

काठमाडौं, १० असोज । नेपाली काँग्रेसभित्र टिकट सुनिश्चित गरेकाहरु असन्तुष्टको भेलामा सहभागी हुन छाडेका छन् । काँग्रेसको संस्थापनइतर भनिने डा. शेखर कोइराला समूहमा टिकट पाउने सुनिश्चित गरेका र समानुपातिकमा परेका या आफूनिकटस्थलाई पार्न सफलहरु भेलामा अनुपस्थित हुन थालेका छन् । शेखर कोइराला समूहका उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियारलगायत नेताहरु […]

‘हेभिवेट’ टिकट रेस: को कति सुरक्षित?

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ दलीय गठबन्धन कायमै हुने भएपछि जिल्लाका गठबन्धन दलका हेभिवेट नेताहरु ‘टिकट रेस’ मा छन्। जिल्लाका ३ क्षेत्रमा आफ्नो उम्मेदवारी कायम गर्नका लागि आआफ्नो लबिङमा लागेका उनीहरुले केन्द्रीय नेताहरु समक्ष ‘आफ्नो जीत’ क...

रामेछाप एमालेमा टिकट लिन दर्जनको दौड : कैलाश र माधवको टक्कर !

निर्वाचन मिति नजिकिएसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताबीच टिकट हत्याउन रस्साकस्सी सुरु भएको छ । त्यसका लागि प्रमुख पार्टीका शीर्ष नेताहरु रिझाउन उम्मेदवारका आकांक्षीहरूले भए भरको शक्ति परिचालन गर्न थालेका छन् ।सत्ता गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतिर भएर चुनावी प्रतिस्पर्धा हुने निश्चित भएपछि अन्य जिल्लामा जस्तै रामेछापमा पनि कुन पार्टीबाट कसले टिकट पाउला भन्ने मात्रै नभई जित हारको आंकलन समेत हुन थालेको छ । एक निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको टिकट हात

टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो

काठमाडौं, २३ साउन । सत्ता गठबन्धनका प्रमुख नेताहरु तालमेल भएपनि टिकट पाउनेमा ढुक्क छन् । प्रत्यक्षतर्फ चुनाव नजित्ने अवस्था बनेमा कतिपय समानुपातिकको बन्दसूचीमा अगाडि नै अटाउने रणनीतिमा पनि छन् । टिकट पाउनेमा ढुक्क भएपनि गठबन्धनका प्रभावशाली नेताहरुलाई चुनाव सजिलो छैन । तीन दशकभन्दा लामो समययता एकै अनुहार देखेकाले मतदाता असन्तुष्ट छन् । विशेषगरी नयाँ पुस्ता […]

संसदीय समिति गठन नै नगरी कांग्रेसमा टिकट वितरणको तयारी !

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको छनोट गर्ने संसदीय समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी गरेको छ । विधान अनुसार महानगरको प्रमुख र उप प्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई हुनेछ । उक्त समिति गठन नै नगरि टिकट वितरण गर्ने तयारी भएको कांग्रेसका केही नेताहरु बताउँछन् । पार्टी प्रवक्ता डा […]