काठमाडौं । नेपाली कांग्रेसले रोल्पामा पाँच स्थानीय तहका प्रमुख र पाँच उपप्रमुखसहित ३६ वडाध्यक्ष नपाए गठबन्धन नगर्ने प्रष्ट पारेको छ । जिल्ला सभापति किशोर कुमार आचार्यले विज्ञप्ती जारी गरी गठबन्धनको भावना अनुसार सिट बाँडफाँट नभए एक्लै चुनाव लड्ने बताएका छन्र । रोल्पामा १० पालिका र ७२ वडामध्ये कांग्रेसले आधा दाबी गरेको हो ।