बीमा गर्दै, मार्सी धान रोप्दै जुम्लाका किसान

जुम्लाको पातारासी गाउँपालिका-३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन् । २ साताअघि मात्रै प्रिमियम बापत ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदा सम्म केही क्षति भए उनले बीमा बापत २६ हजार ५ सय रुपैयाँ पाउनेछन् ।कृष्णका छिमेकी पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गरेका छन् । २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर