काठमाडौं : पछिल्लो समय अवैध रूपमा शिक्षण संस्था खोलेर खुलेआम विद्यार्थीलाई ठग्ने काम भइरहेको छ। जसले गर्दा विद्यार्थीको भविष्य डामाडोल भएको छ। उदाहरणको रूपमा अहिले भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेसनल कलेज अवैध रूपमा सञ्चालन छ।कलेज सञ्चालक प्रकाश सुवाल यतिखेर प्रहरी हिरासतमा छन् भने कलेजमा ताला लागेको छ। उक्त कलेजले अवैध रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई ठगेको आरोप लागेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको थियो।त्यसरी बिनास्वीकृति कलेज सञ्चालन हुँदा