माओवादी विदुर नगर कमिटीको अध्यक्ष बनिन् प्रभा बोगटी

नेकपा (माओवादी केन्द्र) विदुर नगर कमिटीको अध्यक्षमा प्रभा बोगटी निर्वाचित भएकी छन् ।  शनिवार भएको दोस्रो सम्मेलनबाट बोगटी नुवाकोटको विदुर नगरपालिकास्तरीय कमिटीको अध्यक्ष निर्वाचित बनेकी हुन् । लामो समय पत्रकारिता गरेकी प्रभा माओवादीका पूर्व महासचिव स्व. पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  प्रभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर बधाई दिएका छन् । माओवादी आन्दोलनमा लागेका बोगटीको परिवारका सदस्य सुरक्षाकर्मीबाट मारिएका थिए । शनिवार भएको सम्मेलनबाट धेरै युवा नेतृत्वमा आएका छन् ।   

सम्बन्धित सामग्री

नुवाकोटको विदुर नगरपालिकाको उपमेयर उम्मेदवारमा प्रभा बोगटी

नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले प्रभा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी नेता दिवंगत पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  माओवादीको विदुर नगरपालिका कमिटी अध्यक्ष रहेकी उनलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, काँग्रेससँगको तालमेलपछि माओवादीको भागमा उपमेयर परेपछि बोगटीलाई नै उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । मेयर पाएको काँग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ

विदुरको मेयरमा माओवादीबाट प्रभा बोगटी सर्वसम्मत

नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । नगरपालिका कमिटीको बैठकले बोगटीलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । माओवादी केन्द्रको विदुर नगर कमिटी अध्यक्ष समेत रहेकी बोगटी माओवादी आन्दोलनका शीर्षस्थ नेता पोस्टबहादुर बोगटीको कान्छी छोरी हुन् । केही समय सक्रिय पत्रकारितामा जमेकी प्रभा पछिल्लो समय […]