काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
आज मङ्गलवार हामीसँगकाे कुराकानीमा वरिष्ठ नेता पौडेलले सरकार नागरिक र संसद्प्रति उत्तरदायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले त्यसैको समन्वय गर्नक...