माओवादीलाई एमालेको ६०/४० को ‘पासा’ !

आम निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गरेर जाने सहमतिसँगै सिटको भागबण्डा गर्न कार्यदल समेत बनिसकेको छ । तर, नेकपा एमाले भने सत्ता गठबन्धन भत्काउने प्रयत्नमा निरन्तर लागिपरेको छ । सोही रणनीतिअनुसार एमालेले सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको हो । माओवादीसँग ६०/४० प्रतिशतका आधारमा सिटको भागवण्डा गरेर भएपनि एमालेतिर तान्नुपर्ने दवाव पार्टीभित्र बढ्दै गएको छ । उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले केही दिनअघि मात्रै गठबन्धन