आज २५६५औँ बुद्ध जयन्ती तथा उभौली पर्व मनाईदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं, जेठ १२। आज २५६५औँ बुद्ध जयन्ती । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । उनले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा विश्व शान्तिका लागि समेत मद्दत पुग्ने बताएकी छन् । वैशाख पूर्णिमा तिथिको दिन गौतम बुद्धको […]

सम्बन्धित सामग्री

७९ सालमा ९० भन्दा धेरै दिन सार्वजनिक विदा (सूचीसहित)

नेपाल सरकारले संवत् २०७९ सालमा हुने सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।सूचना अनुसार ७९ सालमा शनिवार सहित ९० दिन भन्दा बढी दिन सार्वजनिक विदा हुने छ । यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ ।हेर्नुस २०७९ सालको विदाको सूची ' १. वर्षभरिका शनिबार बिदा:(क) वैशाख - ३.१०.१७,२४, ३१(ख) जेठ - ७, १४, २१, २८ (ग) असार- ४.११.१८(घ) साउन - ७, १४, २१, २८(ङ) भदौ - ४, ११, १८, २५ (च) असोज - १, ८, १५, २२,२९ (छ) कात्तिक - ५.१२.१९.२६ (ज) मङ्सिर- ३,१०, १७, २४ (झ) पुस - २, ९, १६,२३,३० (ञ) माघ - ७, १४, २१, २८ (ट) फागुन -६, १३, २०, २७ (ठ) चैत - ४, ११, १८, २५२.पर्व बिदाहरू:२.१ मुलुकभरि सार्वजनिक बिदा हने पर्वहरू:(क) नव वर्ष - वैशाख १ गते बिहीबार। (ख) राई, लिम्बू, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व - चण्डी पूर्णिमा (वैशाखपूर्णिमा) - जेठ २ गते सोमबार। (ग) रक्षाबन्धन - साउन २७ गते शुक्रबार। (घ) श्रीकृष्ण जन्माष्टमी - भदौ ३ गते शुक्रबार। (ङ) घटस्थापना - असोज १० गते सोमबार। (च) छठ पर्व - कात्तिक १३ गते आइतबार।(छ) किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस (धान्य पूर्णिमा) - मङ्सिर २२ गते बिहीबार। (ज) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५) - पुस १० गते आइतबार । (झ) तमु ल्होसार - पुस १५ गते शुक्रबार।। (ञ) माघी पर्व/माघेसङ्क्रान्ति - माघ १ गते आइतबार। (ट) सोनाम ल्होसार - माघ ८ गते आइतबार । (ठ) महाशिवरात्री - फागुन ६ गते शनिबार । (ड) हिमाली आदिवासी जनजातिहरूले मनाउने ग्याल्पो ल्होसार - फागुन ९ गते मङ्गलबार । (ढ) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन । (ण) इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन । (त) फागुपूर्णिमा, हिमाली र पहाडी जिल्लालगायतका ५६ जिल्लाहरूमा फागुन २२ गते सोमबार तथा देहायका तराई जिल्लाहरूमा फागुन २३ मङ्गलबार ।२.२ सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू:(क) गाईजात्रा - साउन २७ गते शुक्रबार (देशभरका नेवार समुदायका लागि मात्र) । (ख) गौरा पर्व - भदौ १८ गते शनिबार। (ग) मोहम्मद जयन्तीका दिन। (घ) सिरुवा पावनीको दिन - सो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिराहा र सप्तरी जिल्लामा । ३. महिला कर्मचारीहरूको लागि मात्र:(क) हरितालिका तीज) व्रत - भदौ १४ गते मङ्गलबार। (ख) जितिया पर्व - असोज २ गते आइतबार (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) । ४. शिक्षण संस्थाहरूको लागि मात्र:बसन्त पञ्चमी- माघ १२ गते बिहीबार।५. जात्रा बिदा (काठमाडौं उपत्यकालाई मात्र):(क) गाईजात्रा - साउन २७ गते शुक्रबार। (ख) इन्द्रजात्रा - भदौ २४ गते शुक्रबार। (ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन) ।(घ) घोडेजात्रा - चैत ७ गते मङ्गलबार। ६. दशैं बिदा:असोज १६ गते आइतबार देखि असोज २१ गते शुक्रबार सम्म (फूलपातीदेखि द्वादशीसम्म) । ७. तिहार बिदा (कात्तिक ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म) : (क) लक्ष्मीपूजा - कात्तिक ७ गते सोमबार। (ख) गाई तिहार - कात्तिक ८ गते मङ्गलबार।(ग) म्हपूजा, नेपाल संवत् प्रारम्भ, गोवर्द्धनपूजा - कात्तिक ९ गते बुधबार । (घ) भाइटीका/किजापूजा - कात्तिक १० गते बिहीबार । ८. दिवस बिदा:८.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदाहरू:(क) विश्व मजदुर दिवस - (मे १) वैशाख १८ गते आइतबार। (ख) गणतन्त्र दिवस - जेठ १५ गते आइतबार। (ग) संविधान दिवस (राष्ट्रिय दिवस) - असोज ३ गते सोमबार । (घ) राष्ट्रिय प्रजातन्त्र दिवस - फागुन ७ गते आइतबार । (ङ) अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८)- फागुन २४ गते बुधबार । ८.२ अपाङ्गता भएका कर्मचारीहरूको लागि मात्र: अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, (डिसेम्बर ३) मङ्सिर १७ गते शनिबार नेपाल भित्रका अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरु ९.जन्म जयन्ती बिदा:९.१ मुलुकभरि सबैलाई हुने सार्वजनिक जयन्ती बिदा:बुद्ध जयन्ती - जेठ २ गते सोमबार। ९.२ सम्बन्धित धर्मावलम्बीहरूका लागि मात्र:(क) फाल्गुनन्द जयन्ती - कात्तिक २५ गते शुक्रबार 1 (किराँत धर्मावलम्बी) । (ख) गुरु नानक जयन्ती . कात्तिक २२ गते मङ्गलबार (नेपाली सिख धर्मावलम्बी) ।सार्वजनिक विदाको पुरा सूची हेर्न यहाँ क्लिक गर्नु होला