कामना सेवा तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । कामना सेवा तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि  माघ २ देखि ६ गते सम्म कार्यक्रम गरिएको बैंकले जनाएको छ ।भर्चुअल माध्यमबाट सञ्चालन भएको उक्त कार्यक्रममा १६ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरुको सहभागिता रहेको बैंकले जनाएको छ। बैंकक अनुसार कार्यक्रममा सहभागीहरुले उद्यम सञ्चालनको प्रकृयासँगै आधारभूत कानुनी तथा कर सम्बन्धी जानकारीहरु प्राप्त गर्र्नुका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप समेत प्राप्त गरेका छन् ।  समापन कार्यक्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले, यस्ता कार्यक्रमहरुले उद्यमीहरुलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नवीन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सिर्जना र अन्य विभिन्न लाभहरु प्रदान गर्ने बताए । यसका साथै बैंकले नवउद्यमीहरुलाई हरतरहबाट साथ दिने र उहाँहरुको नवीन सोच र सिर्जनालाई सधैं प्रोत्साहन गरीरहने आश्वासन दिएका छन्। कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक सहभागिताको लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरुमा सहभागीहरुको सफल उद्यमको लागि शुभकामना दिनुको साथै उनीहरुको सफल उद्यमको यात्रामा अन्तरप्रेरणाले सधैं आफ्नो तर्फबाट पूर्ण रुपमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेतले सहभागीहरुलाई सफल उद्यमको लागि चाहिने पुँजी व्यवस्थापनको लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।