ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा एडीबीको लगानी रहेका विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे छलफल भएको छ । ऊर्जा तथा सिँचाइका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री भुसालले बताइन् ।