नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एटीएम लगायतका कार्डसम्बन्धी सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्डसम्बन्धी सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रवार (आज) राति ११ बजेदेखि ११:४५ बजेसम्म ४५ मिनेट कार्डसँग सम्बन्धित सेवा अवरुद्ध हुने जनाएको हो ।   बैंकले कार्ड सिस्टम परिमार्जन गर्न लागेकाले कार्डसँग सम्बन्धित सेवा अवरोध हुन लागेको जनाएको छ ।  यो समयमा बैंकको एटीएम/पीओएस/ई–कमर्स जस्ता सेवा अवरुद्ध हुनेछन् । बैंकले यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत गरेको छ ।

सम्बन्धित सामग्री