काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशीहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गर्नुभएको छ । नेपालको राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उहाँले कहिल्यै पराधीन नभएको देशका लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गर्नुभयो ।
आज बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुःखद भएको बत...