राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो ।मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत थुप्रै ठूला व्यक्तित्व आए र श्रद्धाञ्जली दिएर फर्किए । लताको निधनमा दुई दिन राष्ट्रिय शोक रहनेछ । देशभरीका झण्डा आधा झुकेको हुनेछ र कुनै प्रकारको उत्सवको आयोजना हुनेछैन ।