क्रिकेटमा भारत–पाकिस्तान दोस्ती कसरी दुश्मनीमा बदलियो ?

खेल सुरु हुनअघि टिभीमा ‘मौका मौका’ बोलको विज्ञापन फुटेको टिभी । खेलाडीको घरमा फ्याँकिएका ढुंगा । भारत र पाकिस्तानबीचको क्रिकेट खेलको चित्रण गर्ने धेरै कुराहरुमध्ये यी केही हुन् । दुई देशका क्रिकेट टिम मैदानमा ओर्लदा क्रिकेटमात्रै नभएर भावनाको पनि हाईभोल्टेज लडाईं हुने गरेको छ ।   तर, के तपाईलाई थाहा छ, दुश्मन मानिने यी दुई देशका क्रिकेट बोर्डबीच कुनै समय निकै सौहाद्रपूर्ण सम्बन्ध थियो । शोएब अख्तरको करियर खतरामा पर्दा भारतले उनलाई बचाएको थियो । यो दोस्तीको सुरुवात भारत