ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि 'फ्लाइओभर' को काम सुरु हुँदै, २ वर्षभित्र सम्पन्न हुने

काठमाण्डाै – ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि 'फ्लाइओभर' को काम सुरु हुने भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी आउँदो शुक्रवार 'फ्लाइओभर' को कामकाे उद्घाटन हुने सडक विभागले जनाएको छ ।  १७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । डिजाइन र पूर्वतयारीका काम सकिएकाले अब काम सुरु हुने विभागले जनाएको छ ।  अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्...