काठमाडौं । सरकारले एमाले अध्यक्ष केपी ओलीको पछाडि गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्टीकरण दिएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा आएको केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापीङ गरी गोपनियताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार […]