हरेक देशका आ-आफ्नै परम्परा एवम् रीतिथिति हुन्छन्। मौलिक संस्कृति र चालचलन हुन्छन्। त्यस्ता कतिपय संस्कृति परम्परा र मान्यताहरू एउटा देशबाट अर्को देशमा फैलिन्छन् भने केही आफ्नै क्षेत्रमा सीमित हुन्छन्।यी सबै कुराले व्यक्ति, समाज र राष्ट्रलाई बचाउँछ, चिनाउँछ र क्रमश: समुन्नति मार्गमा डोहोर्याउँदै लान्छ।तिनलाई विस्तार हुन उस्तै भू-बनोट, हावापानी, वनस्पति र ग्रहणशील समाज पनि चाहिन्छ। यस्ता कुराले आपसी सद्भाव र प्रेम बढाउँछन्। जसका माध्यमबाट शान्ति, विकास र समृद्धिको