दाङ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ। बैठक सोमवार भाेलि दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाे छ।
असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध संसद् बैठक आइतवार आजका लागि आह्वान गरिएको थियो।
एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरु रोष्टमअगाडि उभिएर विरोध जना...