जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।