मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री Hikmat Kumar Karki ले सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने बताएका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित 'उत्कृष्ट महीला उद्यमी प्रोत्साहन र सम्मान' कार्यक्रममा उनले रोजगारी, सीप र गरिबी निवारणमा सहयोग पुर्याउने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।
उनले घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्याङ्क सङ्कलन गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिँदै यसबाट रोजगारी वृद्धि हुने र उद्योग फस्टाउनका साथै प्रदेश समृद्धि हुने धारणा राखेका थिए ।
मुख्यमन्त्री कार्कीले महिला उद्यमीले समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही बाटो देखाउने बताए ।
सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महीलालाई सीप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भएअनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना Women Entrepreneurs लाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो ।