उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको प्रमुख लक्ष्य मुलुकको भौतिक पूर्वाधार विकास रहेको बताएका छन् । 'भौतिक पूर्वाधारको विकास नभएसम्म मुलुक समृद्धितर्फ जान सक्दैन,' महासेठले भने, ‘प्रधानमन्त्रीको निर्देशन कि भौतिक पूर्वाधारमा राम्रो गर्नुस् । सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधार विकास हो ।’