काठमाडौं : कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुसी देखिएका छन्।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए। चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आई आफ्ना समर्थकहरुसँग भेट गरेका छन्।माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो। स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका