धनकुटामा करिब १८ करोडको विद्युत् बक्यौता

धनकुटा : नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले १७ करोड ९१ लाख ७२ हजार ४४७ रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ।औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९ रुपैयाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपैयाँ, घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९९१ रुपैयाँ, खानेपानी पम्पिङको ६८ लाख १९ हजार २८७ रुपैयाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५४५ रुपैयाँ रहेको विद्युत् प्राधिकरण धनकुटाले जनाएको छ।यसैगरी व्यावसयिकतर्फको २५ लाख १३ हजार ९५५ रुपैयाँ, मनोरञ्जनतर्फको ५६ हजार ८१५ रुपै