पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ परेका एक कर्माचारीसहित ९ जनालाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार आदेश गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो ।