संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी  संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो।   सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो। त्यही सहमतिअनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो। गठबन्धनको सुझाबअनुसार सरकारले आज चुनावको मिति तोकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले थाहाखबरलाई जानकारी दिए