गत साल निर्माणगरे लगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्ची घ्याङ, टेजा, तर्कदोल, कुसङपाल लगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । पुल बगाएको एक वर्षभित्रै हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल …