काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले यसमा सहजीकरण गर्न भन्सार विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसमक्ष यस्तो आग्रह गरेको […]