पोखरा : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न र गराउन निर्देशन दिएका छन्।शनिवार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। ‘निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’‚ उनले भने, ‘आयोगले योपटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको छ। अनुगमन अधिकृतले आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई २४