संसद्को गतिरोध अन्त्यका लागि निर्णायक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूले संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णायक पहल गर्न जिम्मेवारी दिएका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको राजनीतिक समन्वय समितिको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसद्‍को गतिरोध अन्त्यका लागि संवाद गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको हो।बैठकमा सहभागी सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको गतिरोध अन्त्य गर्ने जिम्मेवारी सरकारको जस

सम्बन्धित सामग्री

संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय

सत्ता गठबन्धनले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको हो ।

संसद्को गतिरोध हटाउन सभामुखले डाके सर्वदलीय बैठक

हेटौंडा : बागमती प्रदेशसभाको गतिरोध हटाउन प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक डाकेका छन्।सत्तापक्ष–प्रतिपक्षको विवादले २ महिनादेखि संसद् सञ्चालन हुन नसकेपछि सभामुखले बुधबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।उनले संसद् सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्दै बैठक सञ्चालनको पहल गर्न सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार सभामुख श्रेष्ठले बुधबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।लामो समयदेखि सत्तापक्ष&

अघिल्ला सरकारले गरेको काम लुकाउन योजना कटौती गरियोः पौडेल

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले सरकारले चाहेमा छिटै नै संसदको गतिरोध अन्त्य हुने बताएका छन् । उनले बुधबार रातोपाटीसँगको कुराकानी गर्दै संसद् संचालनका लागि सरकार नै नचाहेका कारण प्रदेशसभा बैठक अनिश्चित बनेको बताए ।पौडेलले सरकारको तर्फबाट संसद्को गतिरोध अन्त्यका लागि कुनैपनि पहल नभएको बताए । ‘हामी संसद् चलाउन तयार छौ । सरकारले चाहे सदन चल्छ । हामीले रोकेका छैनौ । सरकारको तर्फबाट कुनै पहल नै भएको छैन भने हामीले कसरी भन्ने यही दिन चल्छ भनेर,’ उनले भ

ओलीसंग संवाद गर्न प्रधानमन्त्री देउवालाई गठबन्धनको सुझाव

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थप पहल गर्न आग्रह गर्नुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । बैठकमा नेताहरुले …

संसद् अवराेध : ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाण्डाै – सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थप पहल गर्न आग्रह गर्नुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको बैठकमा संसद् अवरोध हटाउने बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । बैठकमा नेताहरूले प्रधानमन्त्री देउवालाई प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग संसद् चल्न दिने सम्बन्...

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले रातोपाटीलाई जानकारी दिए ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै द

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को गतिरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो ।