नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमित रुकुम पश्चिमका ७६ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ १४ गते पीसीआर गरेर त्यही दिन भर्ना भएकी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीया महिलाको सोमबार बिहान ९ः३० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए । योसँगै बाँकेमा उपचार […]