बिहिबार विहान जनकपुर न्यूरो हस्पिटलबाट डिस्चार्ज भए लगत्तै मृत्यु भएका बालकको किरिया खर्च अस्पतालले उपलब्ध गराउने शर्तसहित मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाहीले मृत्यु भएको आराप लगाएका थिए । उनीहरुले घटनाको छानबिन …